कोरोना बारे अफवाह फैलाउने सुनार पक्राउ
२२ चैत्र २०७६, शनिबार १६:५५
कोरोना भाइरसबारे अफवाह फैलाउने गोपाल सुनार पक्राउ परेका छन् । सामाजिक सञ्जालमा गलत हल्ला फैलाउने सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।
महेन्द्रनगरस्थित ‘महाकाली अस्पतालमा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भएको भनेर अफवाह फैलाउने सुनारलाई शुक्रवार बेलुका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो ।










