‘लकडाउन’ उल्लंघन रोक्न खोज्दा नेतामाथि छुरा प्रहार

२२ चैत्र २०७६, शनिबार १७:०८
‘लकडाउन’ उल्लंघन रोक्न खोज्दा नेपाली कांग्रेसका नेतामाथि छुरा प्रहार भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा नेपाली कांग्रेसका स्थानीय नेता दिलिप तामाङमाथि छुरा प्रहार भएको हो ।
कांग्रेसका पूर्वक्षेत्रीय सदस्य समेत रहेका ६५ वर्षीय तामाङमाथि शुक्रबार छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।
तामाङलाई छुरा प्रहार गरेको आधा घण्टाभित्रै घटनामा संलग्नलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।