२५ जनाको ज्यान लिने चितुवा पासोमा पर्यो
एक दशक भित्र २५ जनाको ज्यान लिएको चितुवालाई नियन्त्रणमा लिईएको छ ।
गत चैत १ गते राष्ट्रिय प्रकुती संरक्षण कोषको सहयोगमा बैैतडीको मेलौली नगरपालिका वाडा नं. ९ मा थापिएको पासोमा चितुवा परेको थियो ।
गत बिहिबार राती काठको खोरमा बाख्राको पाठा राखिएको पाठीको शिकार गर्न जाँदा चितुवा खोरमा फसेको थियो ।
नियन्त्रणमा लिईएको चितुवालाई चितवन राष्ट्रिय निकुञ्जमा छाडिने डिभिजन वन कार्यालय बैतडीका प्रमुख केशव पराजुलीले बताएका छन् ।
नरभक्षी चितुवाले सो क्षेत्रमा २०६८ सालदेखी २५ जनाको ज्यान लिएको बताईएको छ ।
आज शनिबार निकुञ्जमा छोड्नका लागि बेहोस बनाएर लगिएको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।