मन्त्रीपरिषद्को निर्णय: क्वारेन्टाइनमा रहेकाको र्यापिड परिक्षण गर्ने

हेटौडा न्युज
२३ चैत्र २०७६, आईतवार ०२:५४
;

नेपाल सरकारले आज शनिबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सर्बजनिक गरेको छ । मन्त्रीपरिषद् बैठकले लकडाउनलाई अझ पूर्ण पालना गराउन विभिन्न निकायले प्रभावकारी भूमिका निर्वाह गर्न र एक प्रदेशवाट अर्को, एक जिल्लाबाट अर्को र एक स्थानीय तहबाट अर्को तहमा आवागमन गर्न नदिने निर्णय गरेको छ ।

कैलाली, कञ्चनपुर र बागलुङमा सम्भावित सङ्क्रमितको छिटो विधिबाट परीक्षण गर्ने र सङ्क्रमणको आशङ्का भएकाहरूको पुनः परीक्षण गर्ने निर्णय गरेको छ ।

स्वास्थ्यकर्मीहरूको मनोबल बढाउन बीमाको व्यवस्थादेखि प्रोत्साहन भत्ता दिने तथा स्वास्थ्य सुरक्षाका उपकरण छिटो उपलब्ध गराउने, स्वास्थ्यकर्मीलाई सुरक्षाको व्यवस्था गर्ने लगायतका निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*