कोरोना विरुद्धको भ्याक्सिनको सफल परिक्षण

हेटौडा न्युज
२३ चैत्र २०७६, आईतवार १३:३१
;

चिनले तयार पारेको कोरोना भाइरस विरुद्धको सुइँ (भ्यक्सिन) को सफल परिक्षण गरेको छ । चीनमा आविष्कार गरिएको कोरोना भाइरसको सुई पहिलो पटक चिनियाँ स्वयंसेवकहरुको टोलीमा परिक्षण गर्न प्रयोग गरिएको र उनीहरु स्वस्थ रहेको बताइएको छ।

सुई प्रयोग गरि १४ दिने क्वारेन्टाइन बसाईंका उनीहरु सबै स्वस्थ रहेको चीनको स्वास्थ्य मन्त्रालयले जनाएको छ। चिनको उहानका १४ जना स्वयंसेवकहरुमा पहिलो पटक सुइँको परिक्षण सफल भए पछि उनिहरु स्वस्थ अवस्थामा घर फिर्ता भएका हुन्।

शुक्रबारसम्म १०८ जना स्वयंसेवकहरु मध्ये १८ जनाले सबै स्वास्थ्य परीक्षण गरिसकेको छन्। सबै स्वयंसेवकहरुलाई छ महिनासम्म वैज्ञानिकहरुले निगरानीमा राख्ने छन् र पछि उनीहरुको रगतको नमूना लिएर एन्टीबडिज्लाई शुक्ष्म रुपमा अनुसन्धान गरिने छ।

यदि यो सुई प्रभावकारी र भरपर्दो भएको पत्ता लागेमा वैज्ञानिकहरुले विदेशमा थप अनुसन्धान गर्ने बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*