धनगढीका कोरोना संक्रमित युवकको परिवारको रिपोर्ट नेगेटिभ

धनगढीका कोरोना भाइरस संक्रमित युवकको परिवारको रिपोर्ट नेगेटिभ आएको छ । कैलालीको धागढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा उपचार गराइरहेका धनगढी उपमहानगरपालिका–५ हसनपुरका कोरोना संक्रमित युवकको परिवारको सात सदस्यको रिपोर्ट नेगेटिभ आएको हो ।
युवकको परिवारका आठ सदस्यको स्वाब सङ्कलन गरिएकोमा उनकी ३४ वर्षीया भाउज्यूको रिपोर्ट पोजेटिभआएको थियो भने अन्य सात जनाको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
संक्रमित युवकको श्रीमती, चार वर्षीया छोरी, उनका बुवाआमा, दाजु र भतिजीको रिपोर्ट नेगेटिभ आएको हो । यसअघि संक्रमण देखिएका धनगढीका एक युवक दुबईबाट यही चैत ७ गते नेपाल आएका थिए ।
दिल्लीबाट काठमाडौँ आउँदा उनी चढेको जहाजमा १०८ नेपाली थिए । नेपालगञ्जबाट अत्तरिया हुँदै उनी हसनपुरस्थित घर पुगेका थिए ।