दादुरा–रुबेलबाट दुई बालकको मृत्यु, एक सय ५० भन्दा बढी बिरामी
दादुरा–रुबेलाबाट धादिङमा दुई बालकको मृत्यु भएको छ भने एक सय ५० भन्दा बढी बिरामी परेका छन् ।
चपाङ बस्तीमा डेढ महिनादेखि फैलिएको दादुरा–रुबेलाबाट बेनीघाट रोराङ गाउँपालिका–६ कि २९ महिने बालिका अनिसा चेपाङ र वडा–४ कि आठ महिने शिशु सुशान्त चेपाङको मृत्यु भएको हो । अनिसाको चैत १७ र सुशान्तको चैत ११ मा मृत्यु भएको हो ।
दादुराको प्रकोप फैलिएको बस्ती पुगेका बेनीघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराईले यसपटक मात्रै करिब २ सय जनालाई खोप लगाइएको बताएका छन् ।