गाँउपालिकाद्वारा राहात वितरण सुरु, जथाभावी राहत वितरण नगर्न आग्रह

चितवनको ईच्छाकामना गाँउपालिकाले राहात वितरण गर्न सुरु गरेको छ । गाउँपालिकाले कोरोना भाइरसको संक्रमण फैैलिन नदिन भन्दै सरकारले गरेको लकडाउनका कारण ज्याला मजदूरी गरेर आफ्नो परिवार पाल्दै आएका बिपन्न बर्गका परिवारलाई राहत वितरण कार्य शुरु गरेको छ ।
गाउँपालिकाले बिहान बेलुका खानकै लागि समस्यामा परेकाहरुलाई पहिचान गर्दै प्रत्येक वडाको टोल टोलबाट तथ्याङक संकलन गरेर बास्तविक पीडितलाई राहात वितरण गरेको गाँउपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन् ।
७ वटा वडा रहेको उक्त गाउँपालिकामा प्रत्यक टोलबाट डाटा संकलन गरेर एकद्धार प्रणाली मार्फत राहत बितरण सुरु गरेको बताइएको छ ।
चेपाङ जातिको बाहुल्यता रहेको उक्त गाउँपालिकामा अधिकांश चेपाङ तथा अन्य जातजातिका मानिसहरु समेत ज्याला मजदूरी गरेर जीवन गुजारा गर्दै आएका छन् । चेपाङ जातिको बाहुल्यता रहेकै कारण उक्त गाउँपालिकामा फोटो खिचाउनैका निमित्त र राहतको नाममा गाँउगाँउ बिभिन्न मानिस नछिरुन भन्दै एकद्धार प्रणाली लागू गरिएको गाँउपालिकाकी अध्यक्ष गुरुङले बताइन् ।
यो अवस्थामा गाउँपालिकाले कुनै पनि जनतालाई भोकै बस्न नदिने भन्दै गुरुङले तछाड मछाड गर्दै राहत वितरण नगर्न समेत आग्रह गरिन् ।
गाउँपालिकाले वडाध्यक्ष मार्फत राहत सामग्री बितरण गरेको हो । गाँउपालिकाले शनिबार मात्रै ५ वटा वडामा दातृ संस्था तथा आँफैले खरिद गरेको ४ हजार किलो चामल, ४ सय लिटर तेल, ७ सय किलो दाल, ७ सय ५० किलो नुन र ५ सय वटा साबुन वितरण गरिसकेको छ ।
शनिबार वडा नम्बर, ३, ४, ५, ६ र ७ मा वितरण गरिसकेको र आईतबार बाँकी वडाहरुमा राहत बितरण गर्दैछ ।
गाउँपालिकाले बितरण गरेको राहत सामग्री सकिए सम्बन्धित वडासँग सम्पर्क गरेर राहत माग गर्न समेत गाँउपालिकाले आग्रह गरेको छ । गाउँपालिकाले जनताहरुलाई पूर्ण रुपमा लकडाउनको पालन गर्न समेत आग्रह गरेको छ ।