बुहारीको हत्या गरि जलाईरहेको अवस्थामा तीन जना पक्राउ 

हेटौडा न्युज
२३ चैत्र २०७६, आईतवार १८:२८
;

पर्सामा बुहारीको हत्या गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–८ रामनगरी बस्ने ६० वर्षीय सुरेश पंडित, उनकी ५५ वर्षीया श्रीमती फुल कुमारी देवी र उनीहरुकी कान्छी बुहारी २३ वर्षीया मालती देवी समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

 श्रीमान विदेशमा रहेका २५ वर्षीया बुहारी उर्मीला देवी पंडितलाई घरमा मारेर घाटमा लगेर दाह संस्कार गरिरहेको भन्ने सुचना प्रहरीले प्राप्त गरेको थियो । सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले शवको आधा भाग जलिसकेको अवस्थामा फेला पारेको जनाईएको छ । 

 यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*