भारतमा ३६ सयभन्दा बढीमा कोरोनाको संक्रमण, १०९ को मृत्यु

हेटौडा न्युज
२३ चैत्र २०७६, आईतवार १८:३६
;

भारतमा पछिल्लो समय कोरोना भाइरसका संक्रमित दिनदिनै बढ्न थालेका छन्। संक्रमण रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २५ गतेदेखि लक डाउन घोषणा गरे पनि संक्रमणको दर भने रोकिएको छैन ।

आइतबारसम्म भारतमा ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ सय ९ जनाले ज्यान गुमाएको द हिन्दुले जनाएको छ ।

भारतका दक्षिणी राज्यहरूमा कोरोना भाइरसको संक्रमण बढी देखिएको छ ।

महाराष्ट्रमा सबैभन्दा धेरै ६३५ जनामा संक्रमण देखिएको छ भने तमिलनाडुमा ४ सय ८५ जनामा कोरोना संक्रमण भएको छ ।

नेपालसँग सीमा जोडिएको उत्तरप्रदेशमा २३४ बिरामी भेटिएका छन् भने बिहारमा ३१, पश्चिम बंगालमा ६३ र उत्तराखण्डमा १६ जनालाई संक्रमण देखिएको छ ।

पछिल्लो समय नयाँदिल्लीको एक मस्जिदमा भेला भएका धेरैमा कोरोना भाइरस देखिएको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*