संघिय सरकारको कोरोना उपचार कोषमा एक अर्ब १८ करोड बढि रकम संकलन

हेटौडा न्युज
२३ चैत्र २०७६, आईतवार १८:५०
;

संघिय सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक अर्ब १८ करोड ९५ लाख १० हजार ८ सय ८६ रुपैयाँ जम्मा भइसकेको छ । कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणका लागि सरकारले खडा गरेको उपचार कोषमा विभिन्न संस्था तथा व्यक्तिहरुको सहयोमा सो रकम संकलन गरिएको हो ।

सरकारले कोरोनाको संक्रमण बढ्दै गएपछि सोको उपचार तथा रोकथामका लागि ५० करोड राखेर कोष स्थापना गरेको थियो ।

हालसम्म सो कोषमा विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट एक अर्ब १८ करोड ९५ लाख १० हजार ८ सय ८६ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जनाएको छ ।

गत शुक्रबार मात्रै कोषमा विभिन्न संघसंस्थाले ९ करोड ६९ लाख ८८ हजार ३ सय रुपैयाँ जम्मा गरेको थिए। कोष सञ्चालनका लागि निर्देशिका जारी गरिएको र कोषको लेखापरीक्षण महालेखा नियन्त्रकको कार्यालयले गर्ने भएकाले रकम हिनामिना नहुने दाबी गरिएको छ । 

कोष सञ्चालक समितिको अध्यक्ष राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहने छन् भने सदस्यहरुमा विभिन्न मन्त्रालयका सचिवहरु रहने व्यवस्था छ ।

हालसम्म उपचार कोषमा सबै भन्दा बढि नेपाल आयल निगमले ५० करोड सहयोग गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले १५ करोड, नेपाल टेलिकमले १२ करोड, एनसेलले १० करोड, बिमा समितिले ५ करोड, कर्मचारी सञ्चय कोषले ५ करोड, नेपाल धितोपत्र बोर्डले ३ करोड, कर्जा तथा निक्षेप सुरक्षण कोषले ३ करोड, नेपाल स्टक एक्सचेन्जले ३ करोड ५१ लाख, नागरिक लगानी कोषले २ करोड रकम सहयोग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*