राहत वितरणको नामावली बनाउने क्रममा झडप, प्रहरी जवानसहित दर्जनौ घाइते
राहत वितरणको नामावली बनाउने क्रममा झडप हुँदा प्रहरी जवान अनिल यादवसहित दर्जनौ घाइते भएका छन् । सुनसरीको दुबही नगरपालिका–९, छाताबेलीमा लाभान्वितको नामावली टिपोटको क्रममा बिहान झडप भएको हो।
नगरपालिकाका मेयर वेद गच्छदारले घाइतेहरूको सुनसरी सामुदायिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, दुहबीका प्रहरी निरीक्षक प्रवीण कार्कीले जनाएको छ ।
स्थानीय सरकार र प्रहरीले घाइते स्थानीयहरूको नाम भने सार्वजनिक गरेको छैन।