प्रावधान पुरा गरे अत्यावश्यक सामग्री उत्पादन गर्ने उद्योग संचालन गर्न दिने प्रशासनको निर्णय

हेटौडा न्युज
२३ चैत्र २०७६, आईतवार २१:०२
;

जिल्ला प्रशासन कार्यालय मकवानपुरले खाद्यवस्तु उत्पादन गर्ने उद्योग, विकास निर्माणका आयोजना तथा इँटा भट्टहरु संचालन गर्न दिने भएको छ । कार्यालयमा आज आइतबार बसेको कमाण्ड पोष्टको बैठकले दैनिक अत्यावश्यक उपभोगका खाद्यवस्तु उत्पादन गर्ने उद्योग, विकास निर्माणका आयोजनाहरु, दाना उद्योग तथा इँटा भट्टहरु संचालन गर्न दिने निर्णय गरेको हो ।

बैठकले तोकिएको प्रवधानको पालना गरे मात्र उद्योगहरु संचालन गर्न दिने निर्णय गरेको हो । बैठकको निर्णय अनुसार  श्रमिक र अन्य जनशक्तिहरु अनिवार्य रुपमा कार्यस्थल भित्रै राख्ने गरी व्यवस्था गर्नुपर्ने, आवास र खानाको व्यवस्था कार्यालयस्थल भित्रै गर्नुपर्ने, कार्यास्थलबाट बाहिर रहेका परिवारका सदस्य लगायत अन्य कुनै पनि व्यक्तिसंग सम्पर्कमा गर्न नपाउने गरि तोकिए बमोजिमका उद्योगहरु संचालन गर्नदिने निर्णय गरेको हो ।

त्यस्तै उद्योग संचालनका लागि कार्यास्थलमा व्यक्तिबीच न्यूनतम भौतिक दूरी कायम गर्नुपर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धि सचेतना तथा नियमहरु पुर्ण रुपमा पालना गर्नेपर्ने, श्रमिक लगायत कार्यास्थलमा रहने सबैको दैनिक ज्वरो नाप्ने, नियमित स्वास्थ्य जाँच गर्ने, मास्क सेनिटाइजर तथा साबुन पानीको प्रयोग गर्ने÷गराउने व्यवस्था मिलाउनु पर्ने तगायतका प्रावधानहरु पालना गर्नु पर्नेछ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*