प्रशासनले किसानलाई सिजन अनुसार कृषि कार्य गर्न दिने

मकवानपुरका किसानहरुलाई सिजन अनुसार बाली लगाउन र उठाउन दिने भएको छ ।
लकडाउनको समय अवधि चलिरहेकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरको आइतबार बसेको कमाण्ड पोष्टको बैठकले किसानहरुलाई सिजन अनुसारको बाली लगाउन र उठाउन दिने निर्णय गरेको हो ।
खेतिपातिको काम गर्दा एक आपसमा न्यूनतम भौतिक दूरी भने कायम गर्नुपर्ने, काम सकिए पछि सेनिटाइजरको प्रयोग गर्न तथा साबुन पानीले हात धुन र मास्कको प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ ।











