प्रशासनबाट वर्कशप संचालनको अनुमति
२३ चैत्र २०७६, आईतवार २१:५०
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सवारी साधनको मर्मत गर्ने वर्कशप तथा ग्यारेज खोल्न दिइने भएको छ ।
प्रशासन कार्यालयमा आज आइतबार बसेको कमाण्ड पोष्टको बैठकले राजमार्गको १ सय किलोमिटरको दुरीमा पर्ने पेट्रोल पम्पको नजिकका सवारी साधनको मर्मत गर्ने वर्कशप÷ग्यारेज खोल्न दिइने निर्णय गरेको हो ।
बैठकले जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वय र सहजीकरणमा त्यस्ता ग्यारेज तथा वर्कशपहरु संचालन गर्नदिने निर्णय गरेको हो ।











