कोरोनाको आशंका गरिएको व्यक्ति अस्पतालको तेस्रो तल्लाबाट हाम्फालेपछि….
भारतको दिल्लीमा रहेको लोकनायक जयप्रकाश अस्पतालमा आइतवार बिहान कोरोना संक्रमणको आशंका गरिएका एक बिरामीले अस्पतालको तेस्रो तल्लाबाट हाम्फलेर आत्महत्याको प्रयास गरेका छन् ।
उनी मार्च ३१ मा अस्पतालमा भर्ना भएका थिए तर उनको कोरोना रिपोर्ट आइसकेको छैन ।अस्पताल भवनबाट हाम्फाल्दा पनि उनी बाँचे तर गोडा भाँचियो । तेस्रो तल्लाबाट हाम्फाल्दा उनी पहिलो तल्लामा रहेको जस्ताको छानामा खसे । त्यसपछि उनी भुइँमा पछारिए ।
चिकित्सकहरूका अनुसार, उनको स्वास्थ्य स्थिति स्थिर छ । कोरोना संक्रमणका कारण उनी अति नै डराएको त्यसैले आत्महत्याको प्रयास गरेको चिकित्सकहरूको भनाइ छ । एजेन्सी