विश्वका २०७ देशमा फैलियो कोरोना भाईरस, ६५ हजारबढीको मृत्यु

हेटौडा न्युज
२३ चैत्र २०७६, आईतवार २२:२५
;

विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट आइतबार बिहानसम्म विश्वका २०७ देशमा गरी ६५ हजार ६०० जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरणअनुसार संंसारभरि १२ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् र अहिलेसम्म २५३,५९७ मानिस निको भएर घर फर्किएका छन् ।

अहिले पनि ८९४,००२ जना कोरोनाको उपचार गरिरहेका छन् । यसमध्ये ४४,६२३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटरले जनाएको छ ।

क्र.सं. देश  संक्रमितको संख्या   मृतकको संख्या   निको भएका   उपचाररत 
अमेरिका ३११,६३७ ८,४५४ १४,८२८ २८८,३५५
स्पेन १३०७५९ १२,४१८ ३८,०८० ८०,२६१
इटली १२४,६३२ १५,३६२ २०,९९६ ८८,२७४
जर्मनी ९६,१०८ १,४४४ २६,४०० ६८,२६४
फ्रान्स ८९,९५३ ७,५६० १५,४३८ ६६,९५५
चीन ८१,६६९ ३,३२९ ७६,९६४ १,३७६
इरान  ५८,२२६ ३,६०३ १९,७३६ ३४,८८७
बेलायत ४१,९०३ ४,३१३ १३५ ३७,४५५
टर्की २३,९३४ ५०१ ७८६ २२,६४७
१० स्विट्जरल्याण्ड २०,५१० ६६६ ६,४१५ १३,४२९

स्रोत: वर्ल्डोमिटर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*