साउदी अरबमा कार्यरत ४ नेपालीलाई कोरोना संक्रमण 

हेटौडा न्युज
२३ चैत्र २०७६, आईतवार २२:५४
;

साउदी अरबमा कार्यरत ४ नेपालीलाई कोरोना संक्रमण भेटिएको छ । साउदीमा ४ जना नेपाली संक्रमित भएको पुष्टि साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले जनाएको छ । 

राजपुतका अनुसार नेपाली दूतावासलाई साउदी सरकारले ४ जना नेपालीलाई पोजिटिभ देखिएको विवरण आइतबार उपलब्ध गराएको हो । 

संक्रमण भेटिएका बिरामीबारे थप विवरण भने खुलाइएको छैन । साउदीमा निशुल्क र गुणस्तरीय उपचारको व्यवस्था रहेकोले निर्धक्क रहन दूतावासले आह्वान गरेको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*