लकडाउनको मौका पारेर मदिरा ओसारपसार बोलेरोसहित २ जना पक्राउ

हेटौडा न्युज
२३ चैत्र २०७६, आईतवार २३:०४
;

लकडाउनको मौका पारेर मदिरा ओसारपसार बोलेरोसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चालक गणेश प्रधान र मोहन प्रधान रहेका छन् । 

उनीहरुलाई सिन्धुपाल्चोकको बाह्रबिसेमा चेकजाँचको क्रममा मदिरा बोकेको वा ११ च ५३८१ नम्बरको बोलेरोमा उक्त परिमाणको मदिरासहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 

उनीहरुको साथबाट ४५० क्वाटर रोज र ४८ क्वाटर गोल्डेन वाक नामको मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रनाउ माधवप्रसाद काफ्लेले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*