हेटौंडा उपमहनागरपालिकाद्वारा राहत कोष स्थापना, वडा मार्फत वितरण गरिने

हेटौडा न्युज
२४ चैत्र २०७६, सोमबार १८:३६
;

हेटौंडा उपमहनागरपालिकाले राहत वितरणका लागि ७५ लाख रुपैयाँको कोष स्थापना गरेको छ । कोरोना भाइरसको जोखिम रोक्न सरकारले देशभर लकडाउन गरे पछि प्रभावितका परिवारको लागि राहत वितरण गर्न उपमहानगरले ७५ लाख रुपैयाँको कोष स्थापना गरेको हो ।

उपमहानगरपालिकाले तत्काल राहत सामग्री खरिद गरेर नगरभित्रका प्रभावित परिवारलाई वितरण गर्ने गरी कोष स्थापना गरेको हो । उपमहानगरपालिकाले नेपाल बैंकमा खाता खोलेर ७५ लाख रुपैयाँको कोष स्थापना गरी र राहत सामग्री खरिद गरेर प्रत्येक वडा मार्फत वितरणका लागि तयारी गरिएको जनाइएको छ ।

उपमहानगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकले राहत वितरण कार्यविधि– २०७६ पारित गर्दै लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने, अतिविपन्न, ज्याला मजदुरी गर्ने परिवारलाई वडा कार्यालय मार्फत् राहत वितरण गरिने भएको छ ।

कार्यविधिमा दैनिक ज्यालादारी गर्ने परिवारलाई १५ किलो चामल, २ किलो दाल, २ लिटर तेल, एक प्याकेट नुन, चारवटा साबुन लगायतका सामग्री वितरण गरिने छ । राहत वितरणका लागि लक्षित वर्गको छनोट गर्न वडालाई निर्देशन दिइएको र वितरणको जिम्मेवारी पनि वडाका जनप्रतिनिधि मार्फत् गरिने हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*