वनसुरक्षा टोली र तस्कर समूहबीच गोली हानाहान

हेटौडा न्युज
२४ चैत्र २०७६, सोमबार १८:४९
;

रौतहटको गुुजरा नगरपालिका– २ अञ्जुमन सामुदायिक वनक्षेत्रभित्र वनसुरक्षा गस्ती टोली र तस्कर समूहबीच आइतबार साँझ दोहोरो गोली हानाहान भएको छ ।

गोली हनाहानमा गस्ती टोलीले तीन राउन्ड र तस्कर समूहले दुई राउन्ड गोली प्रहार गरेको थियो।

सेक्टर वन कार्यालय चोंचाका अधिकृत राजेशकुमार साहका अनुसार गोली हानाहानमा सुरक्षाटोलीतर्फ कुनै क्षति नभएको र तस्कर समूह भागेकाले क्षति भए-नभएको यकिन हुन सकेको छैन । सो क्रममा तस्करले छोडेर भागेको एक थना भरुवा बन्दुक गस्ती टोलीले बरामद गरेको अधिकृत साहले जानकारी दिउ ।

अञ्जुमन सामुदायिक वन क्षेत्रभित्र तस्कर समूहले एक राउन्ड गोली प्रहार गरेलगत्तै चोंचा सेक्टर वन कार्यालयबाट खोजतलासमा गएको गस्ती टोलीसँग भिडन्त भएको जिल्ला वन कार्यालय रौतहटका प्रमुख विनोदकुमार सिंहले बताए।

लकडाउनको अवधिमा वन सुरक्षागस्ती टोलीले करिब १०० क्युुविफिट अवैध सालको काठसहित तीन जना तस्करलाई नियन्त्रणमा लिएको प्रमुख सिंहले जानकारी दिए। उनीहरुमाथि आवश्यक कानुनी कारबाही भइरहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ। रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*