पानीमा डुबेर ५६ वर्षीय महिलाको मृत्यु
२४ चैत्र २०७६, सोमबार १८:५९
झापामा पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ । पानीमा डुबेर मेचीनगर नगरपालिका–११ मिलडाँडा बस्ने ५६ बर्षीया तारादेवी कुमालको मृत्यु भएको हो ।
आइतबार राती छिमेकीको घरमा घुम्न गएका अवस्थामा आँगनमा पानी जमाउन रिङ बनाएको थियो ।
सोही रिङभित्र जमेको पानीमा डुबेर कुमालको मृत्यु भएको रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जनाएको छ ।










