विवाह गरेको दुई महिना नहुदै २० वर्षीय युवतीको गोली हानी हत्या  

हेटौडा न्युज
२४ चैत्र २०७६, सोमबार १९:०८
;

डोटीमा एक महिलाको गोली हानी हत्या भएको छ । जोरायल गाउँपालिका वडा नम्बर ४ देउथलामा २० वर्षीया अनिता वनको गोली हानी हत्या गरिएको हो ।  

आइतबार साँझ ५ बजेतिर वनको गोली हानी हत्या भएको बुझिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक दिलिपसिहं देउवाले जनाएको छ ।  

प्रहरीले घट्नास्थलबाट भरुवाबन्दुक बरामद गरेको देउवाले जनाएको छ । प्रहरी उपरीक्षक देउवाले अहिले घटनाको अनुसन्धान भइरहेको र मृतकका श्रीमानसँग पनि सोधपुछ भईरहेको बताए ।  

भारतको बैंग्लोरमा काम गर्ने खडक र डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर ५ बगरकोट सिराडीकी अनिताबीच फेसबुक मार्फत प्रेम बसेपछि फाल्गुन १३ गते भागी विवाह गरेको स्थानीयले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*