१ सय १९ स्थानीय तहमा बागमती प्रदेशको अनुदान, सुरक्षाकर्मीलाई ५ लाख

प्रदेशका १३ वटै जिल्लामा अनुदान रकम पठाइसकेको बागमती प्रदेश सरकारले जनाएको छ । बागमती प्रदेशको १३ जिल्लाका ११९ स्थानीय तहमा कोरोना भाइरसको संक्रमण रोकथामका लागि विपद् व्यवस्थापन कोष खडा गर्न अनुदान रकम पठाइएको प्रदेश सरकारले जनाएको छ ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलका अनुसार प्रदेशका ३ वटा महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, ४१ वटा नगरपालिका र ७४ वटा गाउँपालिकालाई अनुदान रकम पठाइएको बताए ।
महानगरपालिकालाई २० लाख, हेटौँडा उपमहानगरपालिका १५ लाख, नगरपालिकालाई १२ लाख र गाउँपालिकालाई १० लाखका दरले रकम पठाएको उनले बताए ।
जिल्ला प्रशासन कार्यालयमार्फत् प्रदेश सरकारले १३ वटै जिल्लाका सुरक्षाकर्मीहरुको लागि पनि ५ लाखका दरले अनुदान पठाएको मन्त्री जम्कट्टेलले बताए ।