कोरोना भगाउन भन्दै पटाका पड्काउने १४ जना पक्राउ

हेटौडा न्युज
२४ चैत्र २०७६, सोमबार २०:२६
;

लकडाउनको अवज्ञा गरी पटाका पड्काउने कार्यमा संलग्न रहेको आरोपमा १४ जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार राति  जनकपुर उपमहानगरपालिका वडा नम्बर २, ३, ४, ८, ९ र ११ को वडा एरियामा पटाका पड्काउने १४ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

जनकपुर उपमहानगरपालिका–४ डेरा गरी बस्ने बारा कलैया नगरपालिका–२ घर भएका ३५ वर्षीय रामप्रकाश साह सहित १४ जनालाई पक्राउ जिल्ला प्रहरी कार्यालय धनुषाले  जनाएको छ । 

कोरोना भाइरसविरुद्ध जनकपुरमा ‘गो कोरोना गो’ भन्दै दीप प्रज्वलनसहित पटाका पड्काइएको थियो। आइतवार बेलुकी करिब ९ बजेदेखि जनकपुरभर नै दीप प्रज्वलन सहित थाली पिट्दै पटकासमेत पड्काइएको हो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*