कोरोनाका कारण अमेरिकामा मृत्यु भयो भनिएका नेपाली जीवितै
विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण अमेरिकामा मृत्यु भएका भनिएका ङिमा टेम्बा शेर्पा जीवितै रहेको रहेको बताइएको छ । अमेरिकाको न्युयोर्कमा बस्दै आएका नेपाली नागरिक ङिमा तेम्बा शेर्पा जीवितै रहेको उनका परिवारले जनाएका छन् ।
आइतवार राष्ट्रिय समाचार समितिले कोरोनाभाइरसको संक्रमणबाट अमेरिकामा ४ जनाको मृत्यु भएको जनाएको थियो । तर मृत्यु भएको भनिएका ङिमा तेम्बा शेर्पाका दाजु ल्हाक्पा युला शेर्पाले उनी जीवितै रहेको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन् ।
अस्पतालले ङिमाको स्वास्थ्य अवस्था ठिक नभएको परिवारलाई जानकारी गराएपछि परिवारले पूजापाठ र सामाजिक सञ्जालमा श्रद्धाञ्जली पनि दिइएको थियो । तर उनको आज बिहान अस्पतालमा सम्पर्क गर्दा ङिमाको मुटु चलिरहेको जानकारी प्राप्त भएको ल्हाक्पा युला शेर्पाले सामाजिक सञ्जालमा जानकारी गराएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् – सम्पूर्ण नातागोता, आफन्तजन तथा शुभ चिन्तकहरुमा टशी देलेग!
हाम्रो भाई ङिमा तेम्बा शेर्पाको सन्बन्धमा हिजो अस्पातलबाट परिवारलाई दिएको जानकारी अनुसार अब मानिस काम नलाग्ने जानकारी दिएपछि हामीले उहाको नाममा पूजापाठ गर्ने देखि लिएर फेसबुकमा श्रद्धान्जली लेख्ने समेत काम भएको थियो। अहिलेको परिस्थिति अनुसार परिवार कोही पनि त्यहा जान नमिल्ने भएको हुँदा उनीहरुको सूचनामा भर पर्नु पर्ने भएको हुँदा आज बिहान अस्पातल संपर्क गर्दा उहाको मुटु चलिरहेको जानकारी प्राप्त भएको छ, हामी सबैले उहाको स्वास्थ्य लाभ प्रार्थाना गरौ।
हामीले दिएको जानकारी अनुसार नै भाईका साथीभाई तथा शुभचिन्तकहरुले श्रद्धान्जली समेत लेखेका हुन्, त्यस बिषयमा हामी अन्यथा लिने छैनौं। सम्पूर्ण महनुभाव तथा संघसस्थाहरुलाई यो जानकारी गराउन्दै हामीले अस्पातलको सूचनाकै भर पर्नु पर्ने भएको हुनाले पर्न गएको दुबिधाप्रति क्षमा चाहन्छु। थुची छे! ल्हाक्पा युला शेर्पा (दाई)
स्रोेतः क्यानाडा नेपाल