गैंडाको आक्रमणबाट एक जनाको मृत्यु 

हेटौडा न्युज
२४ चैत्र २०७६, सोमबार २०:५९
;

चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आक्रमणबाट भरतपुर महानगरपालिका– २२ का पूर्णबहादुर कुमालको मृत्यु भएको हो । 

चितवन राष्ट्रिय निकुञ्जमा न्यूरो टिप्न गएका कुमाललाई गैंडाले आक्रमण गरेको बेलसहर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष चेतबहादुर रानाभाटले जनाएको छ ।

बेलसहर मध्यवर्ती सामुदायिक वनका सदस्य रहेका कुमालको घटना स्थलमानै मृत्यु भएको हो । 

प्रहरी घटनास्थलमा पुगेको छैन । मृतक कुमालको शव घटनास्थलमै रहेको रानाभाटले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*