उदयपुरमा ६२ जना क्वारेनटाइनमा 

हेटौडा न्युज
२४ चैत्र २०७६, सोमबार २१:३६
;

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै यसको रोकथाम र नियन्त्रणका सातैवटा प्रदेशमा उच्च सर्तकता अपनाईएको छ । यसैक्रममा उदयपुर जिल्लामा कोभिड १९ कोरोना भाईरस संक्रमण फैलन नदिनका लागि उच्च सतर्कता अपनाईएको छ ।

जिल्लामा हाल सम्म ३ सय ९६ क्वारेनटाइन र ४२ आईसुलेसन बेड स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । 

उदयपुरमा क्वारेनटाइनमा बस्नेको संख्या ६२ पुगेको छ भने एक जना आईसुलेसनमा रहेका छन् ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उदयपुरका १३ व्यक्तिमा गरिएको नमुना परिक्षण मध्ये हाल सम्म ५ जनाको रिपोर्ट नेगेटीभ आएको र बाकी ८ जनाको रिपोर्ट आउन बाकी रहेको जनाईएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*