दुई युवाले गरे साबुन र मास्क सहयोग

हेटौडा न्युज
२४ चैत्र २०७६, सोमबार २२:०६
;

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस रोकथामका लागि नेपालमा पनि विभिन्न प्रयासहरु गरिदैँ आएको छ । संक्रमण रोक्नको लागि सरकार र विभिन्न संघ संस्थासहित निजि रुपमा प्रयास तथा सहयोगहरु हुदैँ आएको छ । 

यसै क्रममा मकवानपुरको भीमफेदी गाँउपालिकालाई सो गाँउपालिका वडा नं–४ का समाजसेवी सरोज थापा र अहेव संघ मकवानपुर जिल्ला सदस्य एवम् लामा हेल्थ क्लिनिक सञ्चालक विशाल लामाले संयुक्त रुपमा कपडाको मास्क र हात धुने साबुन सहयोग गरेका छन् । 

व्यक्तिगत खर्चमा भीमफेदी गाँउपालिकाका स्थानीयहरुलाई वितरण गर्न ४० हजार बराबरको मास्क र साबुन गाँउपालिकाका प्रशासकीय अधिकृत जीवन कुवररलाई हस्तान्तरण गरिएको हो । भीमफेदी गाउँपालिकामै पहिलो पटक मास्क र साबुन वितरण गरिएको हो ।  

 कपडाको मास्क ४ सय ५० थान र हात धुने साबुन, डिटोल ५ सय थान उपलब्ध गराएको कुवरले जानकारी दिएका छन् ।  
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*