लकडाउन बैशाख ३ गतेसम्म थपियो

हेटौडा न्युज
२४ चैत्र २०७६, सोमबार २२:०९
;

सरकारले लकडाउन बैशाख ३ गतेसम्म थप्ने निर्णय गरेको छ । आज सोमबारको बसेको मन्त्रिपरिषद् बैठकले गत चैत ११ गतेदेखि जारी रहेको लकडाउन अब बैशाख ३ गते सम्म लम्बाउने निर्णय गरेको हो । 

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले दुई हप्तादेखि देशभर लकडाउनलाई गर्दै आएको छ । यसअघि चैत १७ गतेको मन्त्रीपरिषद्को बैठकले भोलि चैत २५ गते सम्मका लागि लकडाउन गर्ने निर्णय गरेको थियो । 

छिमेकी भारतले पनि तीन साता लामो लकडाउन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*