नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

सरकारले महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकका गभर्नरमा नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि केशवप्रसाद भट्टराइ, चिन्तामणि सिवाकोटी र महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको थियो ।
सिफारिस गरिएका मध्येबाट मन्त्रीपरिषद्को बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको हो ।
अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । चार्टर्ड एकाउन्टेन्ट अधिकारी नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर पनि हुन् ।