ड्युटीमा खटीएका प्रहरीको स्वास्थ्यमा समस्या, १ सय २० प्रहरी क्वारेन्टाईनमा

हेटौडा न्युज
२४ चैत्र २०७६, सोमबार २२:५६
;

नियमित सिमा नाकामा ड्युटीमा खटीएका सशस्त्र प्रहरी बल (एपीएफ) का प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित १२० कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको स्वास्थ्यमा समस्या देखिएको र कोरोनाको लक्षणको आंशकामा क्वारेन्टाइनमा राखिएको हो ।

उनीहरुलाई केहीदिनदेखि ज्वरो तथा रुघाखोकी देखिएपछि क्वारेन्टाइनमा राखिएको सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) तथा प्रवक्ता प्रविणकुमार श्रेष्ठले बताए ।   

क्वारेन्टाइनमा बस्नेमा सुदूरपश्चिक प्रदेशमा खटिने प्रहरी बढीरहेको जनाएको छ । सुदूरपश्चिमका ९६ जनालाई क्वारेन्टाइनमा राखिएको प्रवक्ता श्रेष्ठले बताए । 

त्यस्तै १ नम्बर प्रदेशका १७ जना, २ नम्बरका १, बागमती प्रदेशका ५ र कर्णाली प्रदेशका १ जना रहेका छन् । 

क्वारेन्टाइनमा राखिएका उनीहरुको आवश्यक स्वास्थ्य परीक्षणको काम भईरहेको बताईएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*