देशभर करिब १७ सयको कोरोना परिक्षण, ९ हजार बढी क्वारेन्टाईनमा
देशभरबाट प्राप्त तथ्याङ्क अनुसार हालसम्म १ हजार ६ सय ९७ जनाको कोरोनाको टेस्ट भएको छ । देशका सातैवटा प्रदेशमा कोरोना परिक्षण प्रयोगशाला संञ्चालनमा आए सँगै १ हजार ६ सय ९७ जनाको मात्र परिक्षण भएको हो ।
आज सोमबारबाट धुलिखेल र भैरहवामा पनि टेस्ट परीक्षण सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले देशभर १० वटा ठाउँमा कोरोनाको नमुना परीक्षण थालिएको जनाएको छ ।
सोमबारसम्म काठमाडौंसहित देशका विभिन्न जिल्ला तथा स्थानीय तहहरुमा स्थापना भएको आइसोलेसनमा १ सय ७ जना र क्वारेनटाइनमा ९ हजार १ सय ६८ जना उपचारका लागि भर्ना भएका छन् ।
संक्रमणको आशंकामा भर्ना भएका सबैको कोरोना परिक्षण जारी रहेको स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा जनाईएको छ ।