अवैध सम्बन्ध लुकाउन देवरको हत्या, शव गाड्न लैजाँदा पक्राउ
अवैध सम्बन्ध लुकाउन देवरको हत्या गरेको आरोपमा भाउजु पक्राउ परेकी छिन् । महोत्तरीको पर्साकी सगिरा खातुनलाई देवरको हत्या अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सगिराले आफ्नै १३ वर्षीइ देवर मजिवुल अन्सारीको घाँटी थिचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
सगिरा चैत ९ गते मध्यरातमा प्रेमीलाई आफ्नै घरमा बोलाएर यौन क्रियाकलापमा लिप्त थिइन् । सोही अवस्थामा उनीहरुलाई देवर मजिवुलले देखेका थिए ।
विगत २ वर्षदेखि सगिराका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा खाडीमुलुकमा छन् । श्रीमान विदेशमा रहेको बेला यौन प्यास मेटाउन प्रेमीसँग एकवर्ष पहिलेदेखि यौन सम्बन्ध बढाएकी थिइन् ।
आपत्तिजनक अवस्थामा देवर मजिवुलले उनीहरुलाई देखेपछि सोही दिन राति सगिराले प्रेमिलाई भगाएकी प्रहरी अनुसन्धानबाट खुल्न आएको एसपी अधिकारीले बताएका छन् । कवरगाहा भन्ने ठाउँमा मजिवुलको शव लैजाँदै गर्दा सगिरालाई पक्राउ गरिएको एसपी अधिकारीले पुष्टि गरे ।
सगिरा र उनको प्रेमिमाथि कर्तव्य ज्यान मुद्दामा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।