कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या साढे ७४ हजार पुग्यो 

हेटौडा न्युज
२५ चैत्र २०७६, मंगलवार १७:००
;

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० संक्रमणका कारण कारण विश्वमा मृत्यु हुनेहरुको संख्या झण्डै साढे ७४ हजार पुगेको छ ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ७४ हजार ७ सय ६७ जनाको मृत्यु भएको यसको तथ्यांक संकलन गरेको वल्र्डडोमिटरले जनाएको छ । 

यो अबधिसम्म अनुसार १३ लाख ४७ हजार २ सय ३५ जना यो भाइरसबाट संक्रमित भएका छन् । त्यसामध्ये २ लाख ८६ हजार २ सय ३४ जना निको भइसकेको सो विश्वविद्यालयले जनाएको छ । 

संक्रमित मध्ये ९ लाख ३८ हजार ८ सय ८१ अर्थात ९५ प्रतिशत सामान्य अवस्थामा छन् भने ४७ हजार ३ सय ५३ जना अर्थात ५ प्रतिशतको अवस्था गम्भिर छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*