एक नेपालीमा मृत्युपछि कोरोना संक्रमण भएको पुष्टि
यूएईको दुबईमा मृत्यु भएकी एक नेपालीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । रुपन्देही देवदह ६ खैरेनीकी बिनु पराजुलीको शुक्रबार मृत्यु भए पनि सोमबार कोरोनाका कारण मत्यु भएको अस्पतालले पुष्टि गरेको हो ।
सोमबार साँझसम्म बिनुको मृत्युको कारण कोरोनाको कारण हो भनेर आधिकारिक पत्र दूतावासमा आईनसकेपछि आफन्तले पाएको पत्रमा मृत्युको कारण कोरोना उल्लेख गरिएको यूूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताए ।
परिवारले बिनुको यूएईमा दाहसंंस्कार गर्ने तयारी गरिरहेको भए पनि मृत्युको कारण कोरोना देखिएपछि अस्पतालले शव दिएको छैन ।
४० वर्षीय बिनु यूएईमा पछिल्लो समय भिजिट भिसामार्फत एक भारतीय नागरिको घरमा घरेलु काम गर्दै आएकी थिईन ।










