स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु
२५ चैत्र २०७६, मंगलवार १८:३६

स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक सोही ठाउँ बस्ने ५२ वर्षीय टक बहादुर गुरुङको मृत्यु भएको हो ।
गैंडाकोट नगरपालिका–५ स्थित सडकमा ना.५२ प ३९८६ नम्बरको स्कुटर सोमबार राति अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका गुरुङको जिल्ला अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।










