राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा ११ र १२ को परिक्षा स्थगित

हेटौडा न्युज
२५ चैत्र २०७६, मंगलवार १८:५६
;

कक्षा १२ र ११ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । मंगलबार दिउँसो बसेको राष्ट्रिय परीक्षा बोर्डर्को बैठकले अर्को सूचना जारी नभएसम्म स्थगित गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसका कारण देश लकडाउनमा रहेकोले तत्कालका निम्ति निर्धारित परीक्षा तालिका स्थगित गर्ने निर्णय गरिएको हो ।  सरकारले बन्दाबन्दी खोलेपछि मात्र अर्को सूचना जारी हुने बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जनाएको छ । 

कोभिड–१९ का कारण चैत ६ गतेबाट हुने एसईई रोकिएको छ । बोर्डले आगामी वैशाख ८ गतेबाट कक्षा १२ र वैशाख २१ गतेबाट कक्षा ११ को परीक्षा तालिका तोकेको थियो । कक्षा ११ र १२ मा करिब ९ लाख ६२ हजार परीक्षार्थी रहेका छन् । ४ लाख ६२ हजार विद्यार्थी एसईईको तयारीमा रहेका थिए ।

""

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*