भिड घटाउन कमाण्ड पोष्टको बैठक, मानेनन् जनताले
दैनिक रुपमा जिल्ला प्रशासन कार्यलय मकवानपुरले कोरोना भाईरसको जोखिम नियन्त्रण र बजारमा कालोबजारी रोक्न एउटा संयन्त्र बनाएको छ । कमाण्ड पोष्ट नाम दिइएको उक्त संयन्त्रको दैनिक रुपमा बेठक बस्ने गरेको र फरक फरक निर्ण पनि गर्ने गरेको छ । तर सो निर्णय कार्यान्वयन तहमा भने फितलो देखिएको छ ।
जिल्ला प्रशासन कार्यालयल मकवानपुरले लकडाउनलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गारउँन कडाईका साथ विभिन्न काम गरिरहेको भएपनि बजारुमा लकडाउन फितलो भईरहेको छ ।
कोरोना भाईरसको संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका सम्बन्धमा आज मंगलबार पनि प्रशासन कार्यलयमा बसेको कमाण्ड पोष्टको बैठकले लकडाउनलाई थप कडाईका साथ लागु गर्ने निर्णय गरेको छ ।
कमाण्ड पोष्टको निर्णय भए लगत्तै प्रशासन कार्यालयले निर्णय कार्यान्वयनका लागि प्रत्यक चोक चोकमा बाक्लो मात्रामा सुरक्षाकर्मी खटाएको छ । प्रशासनले कार्यान्वयनमा कडाई गरेपनि अत्याबश्यक काम भन्दै बजारमा मानिसहरुको भिड नै लाग्ने गरेको देखिन्छ ।
जो मात्र पनि कमाण्ड पोष्टको बैठक बसी मोटरसाईकल तथा स्कुटरमा एकजनालाई मात्रेै यात्रा गर्न दिने निर्णय गरेको थियो तर कार्यान्वयन तहमा भने सो निर्णय फितलो देखिएको छ ।