कालोबजारीको आरोपमा जगदम्बा स्टिल्स सिमेन्टका सञ्चालक अग्रवाल पक्राउ

कालोबजारी गरेको आरोपमा जगदम्बा स्टिल्स सिमेन्टका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले शंकर ग्रुपका मालिक र जगदम्बा स्टिल्स सिमेन्टका सञ्चालक अग्रवाललाई कालोबजारी गरेको अभियोगमा पक्राउ गरेको हो ।
मंगलबार काठमाडौंको नक्सालबाट महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अग्रवाललाई पक्राउ गरेको हो।
अग्रवालले तीन हजार पर्ने थर्मल गन१५ हजार रुपैयाँमा बेचेको आरोपमा पक्राउ गरेको महाशाखाले जनाएको छ ।