कोरोना नियन्त्रणमा खटिनेलाई भत्ता र २५ लाखसम्मको बीमा
कोरोना भाईरसको नियन्त्रणमा खटिनेलाई शतप्रतिशत अतिरिक्त भत्ता र २५ लाखसम्मको बिमाको व्यवस्थापन गर्ने गरिएको छ । सरकारको तर्फबाट सरकारी, निजी वा गैरसरकारी सबै क्षेत्रमा कार्यरत चिकित्साकर्मी, चिकित्सामा संलग्न सबैलाई सत प्रतिशतसम्म अतिरिक्त भत्ता उपलब्ध गराउने र बीमाको व्यवस्था गर्ने निर्णय गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले बताएका छन् ।
मंगलबार विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० को स्थापना दिवसका अवसरमा सन्देश दिँदै मन्त्री ढकालले चिकित्साकर्मीलाई सुरक्षा सामाग्री बिना काम गर्ने परिस्थितिको सिर्जना हुन नदिने प्रतिबद्धता जनाएका छन् ।