लकडाउनको बेला बझाङमा भने मेला
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको नियन्त्रणको लागि देश लकडाउनमा छ । देश लकडाउनमा रहेको बेला बझाङमा भने मेला लागिरहेको छ । कोरोना संक्रमणको जोखिमलाई नियन्त्रण गर्न सरकारले विभिन्न पहल गरिरहेको बेला बझाङको छविसपाथीभेरा गाउँपालिका—३ को बान्नीकोटमा वर्षेनी लाग्ने बान्नीकी चैतली मेला लकडाउनलाई उल्लङघन गरेर धुमधामसँग लागेको हो ।
करिब ३ सय मानिस मेलामा जम्मा भएको बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेय बताएका छन् । विकट पालिका भएकोले घण्टौं हिँडाएर प्रहरी पठाए पनि प्रहरी जाने बेलासम्म मेला सकिसकेको उनले बताए ।
मेला लागेको वडाका नागरिकको मात्र मेलामा सहभागिता भएको प्रजिअ पाण्डेयले दाबी गरेका छन् । अन्य वडाका सीमानाकामा प्रहरी भएकोले छिर्न नपाएका उनले बताए ।











