कोरोना संक्रमित ८ जनाको अवस्था सामान्य छः स्वास्थ्य मन्त्रालय
नेपालमा हालसम्म ९ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । जसमध्ये एक जना उपचार पछि घर फर्किसकेका छन् । उपचाररत आठजनाको स्वास्थ्य अवस्था सामन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मंगलबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित भने फेला नपरेको र रेड जोनमा आज १७ जना थपिएको र यो कूल १७२ जना रहेको उनले बताए ।
कैलाली, कञ्चनपुर र बाग्लुङमा र्यापीड डायागोनिस्टिक टेस्टमार्फत परीक्षण शुरु गरिएको पनि देवकोटालो जानकारी दिए ।