कोरोना भाइरस: भारतको अस्पतालबाट भागेका सङ्क्रमित नेपाली फेला परे

हेटौडा न्युज
२५ चैत्र २०७६, मंगलवार २३:०९
;

भारतको उत्तर प्रदेश राज्यस्थित बागपत जिल्लामा एउटा अस्पतालबाट सोमवार राति भागेका कोरोनाभाइरस सङक्रमित एक नेपाली फेला परेको त्यहाँका प्रहरी प्रमुखले बीबीसीलाई जानकारी दिएका छन्।

धार्मिक ज्ञान आदानप्रदानका लागि तबलीगी जमाती समूहसँग भारत गएका उनी सुनसरीस्थित भोक्राहाका भएको भारतीय प्रहरीले जनाएको छ।

शुक्रवार उनमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको पुष्टि भएपछि उनलाई उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा भर्ना गरिएको थियो।

तर सोमवार राति अस्पतालको झ्यालको सिसा फुटाएर उनी भागेको भन्दै उनलाई खोज्न सघाउन बागपतस्थित प्रहरीले सार्वजनिक सूचना जारी गरेको थियो।

सङ्क्रमित सुनसरीका: भारतीय प्रहरी

बीबीसी नेपालीसँग कुरा गर्दै बागपतका प्रहरी सुपरिन्टेन्डेन्ट प्रताप गोपेन्द्र यादवले भने, "हामीले १० टोली परिचालन गरेका थियौँ। अहोरात्र काम गर्यौँ र अहिले पनि हामी फिल्डमा नै छौँ।"

"भर्खरै हामीलाई उनी फेला परेको जानकारी प्राप्त भएको छ। ती व्यक्तिलाई हामीले खेकडा क्षेत्रमै रहेको इँटाभट्टा नजिकैबाट नियन्त्रणमा लिएका छौँ।"

Skip Twitter post by @igrangemeerut

""

IG RANGE MEERUT@igrangemeerut

#COVID-19 के दृष्टिगत किए गए लॉकडाउन के संबंध में आज दिनांक 07-04-2020 को DM/SP बागपत के साथ थाना खेकड़ा क्षेत्र के सीएचसी से फरार हुए कोरोना पॉजिटिव नेपाली जमाती सफीद मियां को बागपत पुलिस द्वारा ईट भट्टे के पास से पकड़ने के संबंध जानकारी देते हुए आईजी रेंज मेरठ @Praveenupips

"View"View"View"View

130

2:49 PM – Apr 7, 2020

Twitter Ads info and privacy

27 people are talking about this

End of Twitter post by @igrangemeerut

उनका अनुसार ६५ वर्षका ती व्यक्तिलाई जिल्ला अस्पतालमा कोभिड-१९ को उपचार गरिनेछ।

बागपतका प्रहरी प्रमुख यादव भन्छन्, "हामी उनी किन भागे भनेर बुझ्न खोज्छौँ। उनी पीडित हुन्, हामी उनको स्वास्थ्यको हेरविचार गर्छौँ।"

"हामीलाई चिकित्सकहरूले दिएको जानकारी अनुसार उनको स्वास्थ्य अवस्था ७० प्रतिशत ठीक छ। तर तनाव वा अरू कारणले उनी भागेको हुन सक्छ।"

खेकडाको अस्पतालमा कोभिड-१९ को उपचार गराइरहेका उनी एक मात्र व्यक्ति भएको प्रहरीको भनाइ छ।

खेकडा अस्पतालमा एक्लो सङ्क्रमित बिरामी भएपछि उनी भागेको हुन सक्ने र अब जिल्ला अस्पतालमा उनलाई पठाइने यादव बताउँछन्।

ती व्यक्ति २८ जना सम्मिलित जमातको साथ लागेर भारत पुगेका थिए।

उक्त समूहका २७ जनामा सङ्क्रमण नदेखिए पनि उनीहरू बागपतमा नै क्वारन्टीनमा रहेको स्थानीय प्रहरी प्रमुखले जानकारी दिए।

उनीहरू सबै जना सुनसरीकै रहेको भारतीय प्रहरीले जनाएको छ। यसै महिना भएको कार्यक्रममा कोरोनाभाइरसको सङ्क्रमणलाई लिएर चिन्ता व्यक्त भएका थिए

यसअघि प्रहरीले अस्पतालबाट भागेका ती व्यक्तिले अरूमा पनि सङ्क्रमण गराउन सक्ने भन्दै उनलाई देख्नेबित्तिकै सूचना दिन अनुरोध गरेको थियो। भारतको राजधानी दिल्लीबाट बागपत झण्डै ५० किलोमिटर टाढा पर्छ।

कोभिड-१९ विरुद्ध लकडाउन घोषणा भएपछि २,१०० भन्दा बढी नेपाली भारतमै क्वारन्टीनमा रहेको प्रधानमन्त्री केपी ओलीले मङ्गलवार आफ्नो सम्बोधनमा उल्लेख गरेका थिए।स्रोतः विविसी नेपाली

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*