१ सय ४९ नक्कली स्यानिटाइजरसहित औषधि पसले पक्राउ

हेटौडा न्युज
२६ चैत्र २०७६, बुधबार १३:२२
;

भक्तपुर नगरपालिका-१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ गरेको छ ।

औषधि व्यवस्था विभाग बबरमहलका वरिष्ठ औषधि अधिकृत उषा तण्डुकार, प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक शशिधर शर्माको टोलीले फर्मामा छापा मार्दा   नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि पक्राउ गरेको हो ।

फर्माले मापदण्डविपरीतको औषधि बिक्री गरेको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।

प्रहरीले फर्माबाट १४९ स्यानिटाइजर थान बरामद गरी हिजोबाट अनुसन्धान शुरू गरेको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*