क्वरेण्टीनबाट भागेका एक युवक फेला 

हेटौडा न्युज
२६ चैत्र २०७६, बुधबार १३:३०
;

इलामको क्वरेण्टीनबाट भागेका युवक फेला परेका छन् । क्वरेण्टीन वार्डको झ्यालबाट भागेका २२ वर्षीय सरोज अधिकारी इलाम नगरपालिका ९ को सिंहबाहिनी मन्दिरमा फेला परेका हुन् । 

सोमबार राति भागेका उनी मन्दिरको बाटो हुदैँ गोलाखर्कतर्फ जान लागेको अवस्थामा फेला परेका हुन् । फेला परेका युवालाई फेरि क्वरेण्टीनमा लगेर राखिएको छ । अधिकारीलाई गएको आइतबार इलाम नगरपालिका ६ सिङ्गफ्रिङ्गमा रहेको डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालमा स्थापना गरिएको क्वरेण्टीनमा राखिएको थियो ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*