मकवानपुरगढीमा राखिएको हेल्प डेस्क तोडफोड

हेटौडा न्युज
२६ चैत्र २०७६, बुधबार १४:२३
;

मकवानपुरगढी गाउँपालिकामा राखिएको हेल्प डेस्क तोडफोड गरिएको छ । मकवानपुरगढी गाँउपालिका–२ शिखरकटेरीमा राखिएको हेल्प डेस्क मंगलबार राती तोडफोड गरिएको हो ।  

कोरोना भाईरसको जोखिम बढदैँ गएको कारण गाउँपालिका प्रवेश गर्ने व्यक्तिहरुलाई तापक्रम जाँच्नका लागि स्वास्थ्यकर्मीहरु र अनावश्यक हिडडुललाई नियन्त्रण गर्नका लागि प्रहरीहरु खटिरहेका थिए ।  

कान्तीलोकपथ अन्तर्गत पर्ने सो स्थानमा रहेको हेल्प डेस्क समुहमा आएका केही व्यक्तिहरुले तोडफोड गरेको स्थानीयले जनाएको छ । 

स्वास्थ्य परामर्श कक्ष तोडफोड भएको ठाउँमा प्रहरी पठाइएको मकवानपुगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाँईले  बताएका छन् । उनले घटनामा संलग्नहरुको पहिचान गरी कारबाही गरिने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*