लकडाउनको अवज्ञा गर्ने दुई हजारबढी प्रहरीको कारबाहीमा
लकडाउनको अवज्ञा गर्ने दुई हजार ३ सय १ एक जनालाई प्रहरीले कारबाही गरेको छ । लकडाउनको उल्लंघन गर्दै सडकमा निस्किने क्रम बढेपछि उपत्यकामा थप मद्दत टोली समेत खटाएर बुधबार बिहान मात्रै दुई हजार भन्दा बढीलाई कारबाही गरेको हो ।
पोखरेलका अनुसार काठमाडौंबाट एक हजार ४ सय २४ पुरुष, ५ सय महिला, ललितपुरबाट २ सय ७४ पुरुष र ७९ महिला र भक्तपुरबाट २० पुरुष र २४ जना महिला होल्ड गराइएको महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले जनाएको छ ।
अहिले उपत्यकामा लकडाउन कार्यान्वयनका लागि ४ हजार प्रहरी अधिकारी फिल्डमा खटिएका छन् ।