मिलको पट्टामा बेरिएर १५ वर्षीय किशोरीको मृत्यु
मिलको पट्टामा बेरिएर १५ वर्षीय किशोरीको मृत्यु भएको छ । कैलाली जिल्लाको जानकी गाउँपालिकास्थित कालुराम कठरीयाको मिलमा धान कुटाउन गएकी १५ वर्षीया निराशा चौधरीको पट्टामा बेरिएर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतका अनुसार मंगलबार बिहान पट्टामा बेरिएर गम्भीर घाइते चौधरीको उपचार गर्न लैजानेक्रममा मृत्यु भएको हो ।
बेरिएर घाइते भएकी चौधरीलाई उपचारका लागि टीकापुर अस्पतालमा लगिएको थियो । टीकापुर अस्पतालले नेपालगञ्ज लैजान सुझाव दिएको र नेपालगञ्जबाट काठमाडौँ लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।