आज साउथ फिल्मका चर्चित अभिनेता अल्लु अर्जुनको जन्मदिन, कति वर्षका भए उनी ?  

हेटौडा न्युज
२६ चैत्र २०७६, बुधबार १५:४५
;

आज साउथ फिल्मका चर्चित अभिनेता अल्लु अर्जुनको जन्मदिन परेको छ । उनी आफ्नो ३७ औं जन्मदिन मनाउदैछन् । 

भारतिय मिडियाका अनुसार उनको जन्म १९८३ अप्रिल ८ मा भारतको चेन्नेइमा भएको जनाइएको छ । उनका फिल्महरु भारतमा मात्र नभई नेपालमा पनि निकै रुचाइएको छ । सामाजिक सञ्जाल फेसबुकमा पनि उनका १ करोड बढी फलोअर्स छन् । 

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि गरिएको लकडाउनका कारण उनी अहिले घरमै छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*